१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सार्वजनिक जग्गाको अवस्था बुझ्न अनुगमन गर्दै कामपा



९ चैत, काठमाडौं ।
काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले वडाका सार्वजनिक जग्गाको अवस्था बुझ्न स्थलगत अनुगमन थालेका छन् । व्यक्ति वा सीमित समूहले कब्जा गरेको सार्वजनिक सम्पत्तिलाई सामूहिक प्रयोगमा ल्याउन प्रमुख शाक्य आज कामपा वडा नं ११ धोबीखोला पश्चिम वसन्त नगर पुगे ।

प्रमुख शाक्य र उपप्रमुख हरिप्रभा खड्गी सहितको टोलीले सार्वजनिक जग्गाको अवस्था बुझ्न त्यस स्थानमा पुगेका हुन् । अनुगमनको क्रममा कामपाको उक्त स्थानमा आठ रोपनी सार्वजनिक जग्गा रहेको ठहर गरिएको छ ।

संरक्षित जग्गामा बाल उद्यान, जेष्ठ नागरिकको आरामस्थल, बिहान बेलुका हावा खाने ठाउँका रुपमा विकास गर्ने र सार्वजनिक जग्गा सबैको साझा रहनुपर्ने भन्दै जसरी पनि नागरिकको उपयोगमा रुपान्तरण गर्ने प्रमुख शाक्यले ठोकुवा गरे ।

संरक्षित जग्गा अहिलेसम्म नागरिकको प्रयोगमा रुपान्तरण भएको छैन । अवस्था बुझेर सुधारको बाटो पत्ता लगाउन अघि बढिरहेका छौँ, कार्यकाल शुरु भएदेखि अहिलेसम्म धेरै कुरा थाहा पाइयो, अब भटाभट काम गर्छौ उपप्रमुख खड्गीले भनिन् ।

वडा नं ११ का वडाध्यक्ष एवं महानगरको विधायन समितिका संयोजक हीरालाल तण्डुकारले, आफ्नो वडाका विभिन्न ठाउँमा आठ रोपनी क्षेत्रफल भएको सार्वजनिक जग्गा संरक्षण थालनी गरिएको जानकारी दिए । उक्त जग्गा आज नै नापी कार्यालयका अधिकारीको सहयोगमा जग्गा नापजाँच भएको छ ।
रासस

प्रकाशित मिति : ९ चैत्र २०७४, शुक्रबार ००:००