१८ मंसिर २०८२, बुधबार | Thu Dec 4 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बेलकोटगढी नगरपालिकामा नक्शा अनिवार्य



७ चैत, त्रिशूली– नुवाकोट ।
बेलकोटगढी नगरपालिकाका भूकम्पपीडितले सरकारले निजी आवास निर्माणका लागि दिने अनुदानको अन्तिम किस्ता लिनका लागि घरको नक्शा पारित गर्नुपर्ने भएको छ ।

नगरपालिकाले पुनःनिर्माण प्राधिकरणमार्फत घर निर्माण गरिरहेका र नगरपालिकाभित्र आफूखुशी घर निर्माण गर्ने नगरवासीले अनिवार्य नक्शा पारित गर्नुपर्ने निर्णय गरी नक्शा पारितको दस्तुरसमेत तोकेको छ ।

नगरपालिकाका सबै घरको नक्शा पारित गरेर मात्र घर निर्माण गर्ने प्रचलनको थालनी गर्न यस्तो व्यवस्था गरिएको नगरप्रमुख राजेन्द्ररमण खनालले बताए ।

नगरपालिकाले भूकम्पपीडित नगरवासीको घरको नक्शा बनाउनका लागि प्राविधिकको सूची नै माग गरेर कार्यालयमा सूचीकृत गरिराखेको छ । भूकम्पपीडितले सोही सूचीमा रहेको परामर्शदाता प्राविधिक मार्फत नक्शा बनाएर नगरपालिकामा पेश गर्नुपर्ने व्यवस्था गरिएको वडा नं ११ का वडाध्यक्ष रामहरि पाण्डेले बताए ।

पाण्डेका अनुसार नक्शा निर्माणका लागि नगरपालिकामा सूचीकृत परामर्शदाताले २ हजार ५०० भन्दा बढी रकम असुल गर्न नपाउने समेत निर्णय भएको छ ।
रासस

प्रकाशित मिति : ७ चैत्र २०७४, बुधबार ००:००