६ श्रावण २०८१, आइतबार | Sun Jul 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

‘पुनःनिर्माण योजना प्रतिवेदन’ तयार



६ चैत, नुवाकोट ।
भूकम्पले पु¥याएको क्षतिपछि ‘पुनःनिर्माण योजना प्रतिवेदन’ तयार भएको छ । जिल्ला समन्वय समितिको सहकार्यमा बेलायती सहयोग नियोग ९डिफिड०ले विज्ञ समूहमार्फत विसं २०७२ वैशाख १२ को भूकम्पले पु¥याएको क्षतिको परिणाम, पुनःनिर्माणका लागि योजना र अनुमानित लागत सहितको पुनःनिर्माण प्रतिवेदन तयार गरी सम्बन्धित स्थानीय तहलाई हस्तान्तरण गरिएको छ ।

डिफिडमार्फत विज्ञ समूहले प्रभावित बासिन्दा र सरोकार भएकाहरु सहितको समूहमार्फत स्थलगत अध्ययनका आधारमा प्रतिवेदन तयार गरिएको हो ।

प्रतिवेदनमा खानेपानी, विद्यालय, स्वास्थ्यचौकी, सार्वजनिक संरचना, सरकारी र सामुदायिक भवन, सांस्कृतिक सम्पदा, सिँचाइ योजना, झोलुङ्गे पुलमा पुगेका क्षति र अबको पुनःनिर्माण सहित जीविकोपार्जनका कार्यक्रमको खाका तयार गरिएको छ । भूकम्पले क्षति पुगेका संरचनाको पुनःनिर्माण तथा जीविकोपार्जनका लागि १४ करोड ४१ लाख आवश्यक रहेको उल्लेख छ ।

पञ्चवर्षीय कार्यक्रम मार्फत सञ्चालन गर्ने गरी तयार भएको प्रतिवेदनमा औँल्याइएका पुनःनिर्माणका योजनाको कार्यक्रम सञ्चालन गर्न डिफिडले नुवाकोट, रसुवा, धादिङ र गोरखा जिल्लाका लागि ४ अर्ब बजेट सहयोग गर्नेछ ।

प्रतिवेदनमा आगामी दिनमा पुनःनिर्माण, नवनिर्माण, समुदायमा सञ्चालन गरिने कार्यक्रमका लागि आधार प्रस्तुत गरिए पनि गाउँपालिकाले त्यसमा संशोधन, सुधार तथा आवश्यकता र समय सान्दर्भिक पहिचान गरी छुट्टै योजना समेत बनाउन सक्ने जिसस प्रमुख सन्तमान तामाङले बताए । उनले भने, “अहिले निर्वाचित जनप्रतिनिधिको कार्यकालभित्र योजना पूरा गर्ने गरी प्रतिवेदन तयार गरिएको हो ।”
रासस

प्रकाशित मिति : ६ चैत्र २०७४, मंगलबार ००:००