१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

७ नगरपालिका उत्कृष्ट 



स्थानीय खबर संवाददाता

काठमाडौं, २ चैत

नेपाल नगरपालिका संघले मुलुकभरका उत्कृष्ट नगरपालिकाको नाम सार्वजनिक गरेको छ । संघका कार्यकारी सचिव कलानिधी देवकोटाका अनुसार दमक, गणेशमान चारनाथ, वालिङ र भीमदत्त नगरपालिका उत्कृष्ट भएका छन् । यसै गरि भरतपुर महानगरपालिका र बुटवल उपमहानगरपालिका पनि उत्कृष्ट भएका छन् ।

गत बर्षसम्म मुलुक भरका नगरपालिका मध्येबाट एक नगरपालिकालाई मात्र घोषणा गर्ने व्यवस्था थियो । यस बर्षदेखि ७ वटै प्रदेशबाट एक एक वटा उत्कृष्ट नगरपालिका घोषणा गरेको हो ।

गुणस्तरीय सेवाप्रवाह, व्यवस्थित सहरी योजना, विपद् व्यवस्थापन, सुशासनलगायतका बिषयहरूका आधारमा अंकभार दिएर उत्कृष्ट नगरपालिका छान्दै आएको छ । संघको २५ औं बार्षिकोत्वसको अवसरमा आयोजित कार्यक्रममा उत्कृष्ट घोषणा गरेको हो ।

प्रकाशित मिति : २ चैत्र २०७४, शुक्रबार ००:००