११ बैशाख २०८१, मंगलबार | Tue Apr 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मन्त्रिपरिषद बिस्तार हुदै, ४ वजे सपथ कार्यक्रम तय



२ चैत, काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्लाई पूर्णता दिँदै छन् । प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार विष्णु रिमालले आज बाँकी सबै मन्त्री तोकिने जानकारी दिए ।

राष्ट्रपति कार्यालयले आज अपरान्ह् ४ बजेका लागि शपथ ग्रहणको कार्यक्रम तय गरेको छ । सरकारलाई समर्थन गर्ने दलहरुलाई समेटेर मन्त्रिपरिषद् विस्तारको तयारी भएको हो ।

नेकपा एमाले, नेकपा माओवादी केन्द्र र संघीय समाजवादी फोरम नेपालबाट मन्त्रीहरु थप गरी सरकारलाई पूर्णता दिन लागिएको बताइएको छ ।

प्रधानमन्त्री ओलीले सरकारलाई पूर्णता दिनेबारेमा बिहीबार केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ संग परामर्श गरेका थिए ।

गत फागुन ३ मा ओली प्रधानमन्त्री नियुक्त भई सोही दिन पहिलो र फागुन १४ मा दोस्रो चरणको मन्त्रिपरिषद् विस्तार भएको थियो । फोरम सरकारमा आउने भएपछि मन्त्रालयको संख्या बढाएर २१ सम्म बनाउने तयारी छ ।
रासस

प्रकाशित मिति : २ चैत्र २०७४, शुक्रबार ००:००