२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चापागाउँ दोबाटो–खुमलटार सडक निर्माण शुरु



१ चैत, ललितपुर ।
झण्डै चार वर्षसम्म अवरुद्ध चापागाउँ दोबाटो–खुमलटार सडक निर्माण शुरु भएको छ । मापदण्डभन्दा घटाएर सडक बनाउने सहमति भएपछि निर्माणको काम अघि बढेको डिभिजन सडक कार्यालय ललितपुरका प्रमुख प्रकाशचन्द्र भण्डारीले बताए ।

बाइस मिटरको मापदण्डका आधारमा सडक विस्तार गर्न खोज्दा स्थानीयवासीले विरोध गरेका थिए । पछि महानगरपालिकाले फुटपाथ बनाउने गरेर अहिले १७।२ मिटरको सडक निर्माण हुन लागेको छ ।

पटक पटकको वार्तापछि क्षेत्रीय सडक कार्यालयमा सो सडक निर्माणको सहमति जुटेको हो । उनले भने, “त्यही सहमतिका आधारमा सडक निर्माण अघि बढेको हो ।”

आगामी फागुनसम्ममा सक्ने गरेर निर्माणको काम भइरहेको छ । कार्यालयले विसं २०७०÷७१ मा सक्ने गरेर ठेक्का दिएको थियो । सडकको मापदण्डको विवादले गर्दा लामो समयसम्म काम अघि बढ्न सकेको थिएन ।

उनी भन्छन्, “ठेकेदारले काम गर्न चाहे पनि हामीले काम गर्ने वातावरण बनाउन सकेका थिएनौँ ।” विस्तार हुन लागेका धेरै सडकमा कतै स्थानीयवासीको विरोधका कारण र कतै स्थानीय तहले तदारुकता नदेखाउँदा काम अवरुद्ध छ ।
रासस

प्रकाशित मिति : १ चैत्र २०७४, बिहिबार ००:००