३० कार्तिक २०८३, सोमबार | Mon Nov 16 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

इलाम नगरसभाद्वारा छ वटा ऐन पारित

लेखक स्थानीय खबर ३० फाल्गुन २०७४, बुधबार १ मिनेट पढाइ

३० फागुन, मंगलबारे– इलाम ।
विभिन्न छवटा ऐन पारित गर्दै इलाम नगरपालिकाको दोस्रो नगरसभा सम्पन्न भएको छ । सभाले ‘इलाम नगरपालिका सहकारी ऐन २०७४’, ‘इलाम नगरपालिका नगर प्रशासकीय ऐन २०७४’, ‘इलाम नगरपालिका नगर कर्मचारी ऐन २०७४’, ‘इलाम नगरपालिका कृषि व्यावसाय ऐन २०७४’, ‘इलाम नगरपालिका बजार अनुगमन ऐन २०७४’ र ‘इलाम नगरपालिका न्यायिक समिति ऐन २०७४’ पारित गरेको हो ।

नगरसभाबाट पारित ऐन एकसाताभित्र प्रमाणीकरण गरेर इलाम नगरपालिकाको राजपत्रमा प्रकाशित गर्ने निर्णय गरेको नगरप्रमुख महेश बस्नेतले जानकारी दिए । तीन दिनसम्म चलेको नगरसभा सम्पन्नबारे पत्रकार सम्मेलन गरी नगरसभाले ७१ करोड ९३ लाख २१ हजारको बजेट स्वीकृत गरेको जानकारी दियो ।

नगरसभाले स्थानीय जनप्रतिनिधिको मर्यादाक्रम पुनःविचार गर्न, इलाम नगरपालिका–९ भञ्ज्याङदेखि इलाम नगरपालिका ११ को सोयाक बेलासे–दानाबारी हुँदै बिर्तामोडसम्मको सडकलाई द्रुतमार्गका रुपमा विकास गर्ने बजेट तथा कार्यक्रम समावेश गर्न प्रदेश र संघीय सरकारलाई आग्रह गरेको छ ।

नगरसभाले इलाम अस्पतालमा दरबन्दीअनुसारका स्वास्थ्यकर्मी र औषधिको व्यवस्था गर्न माग गर्दै इलाम सदरमुकाम स्थापनाको दुई सय वर्षको अवसरमा आयोजना गरिने कार्यक्रलाई सहयोग गर्न सबै पक्षलाई आग्रह गरेको छ ।
रासस

प्रकाशित मिति : ३० फाल्गुन २०७४, बुधबार

प्रतिक्रिया ०

यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।

अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि देखिन्छ।