१९ माघ २०८२, आइतबार | Sun Feb 1 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जनताको प्यारो बन्दै ब्याँस गाउँपालिका



३० फागुन, दार्चुला ।
जिल्लाको उत्तरी क्षेत्रमा पर्ने ब्याँस गाउँपालिका जनताको प्यारो बन्दै गएको छ । गाउँपालिकाभरि रहेका दीर्घरोगीलाई उपचार अनुदान दिँदै जनताको प्यारो बन्न सफल भएको हो ।

मंगलबार चारजना दीर्घरोगीलाई गाउँपालिकाका अध्यक्ष दिलीपसिंह बुढाथोकीले ५०—५० हजारका दरले चेक हस्तान्तरण गरेका छन् । उपचार अनुदान रकम प्राप्त गर्नेहरुमा ब्याँस–३ का मुटु रोगी इन्द्र सिंह कुँवर, ब्याँस–६ का राजेन्द्रप्रसाद बडू, ब्याँस–२ का क्यान्सर रोगी कुन्दनसिंह जोहारी र ब्याँस–५ का मुटु रोगी रनबहादुर बम रहेका छन् । दीर्घरोगीलाई उपचार अनुदान दिन १८ लाख विनियोजन गरिएको गाउँपालिकाले जनाएको छ ।

उपचार अनुदानका लागि गाउँपालिकाभरिबाट कूल १५ जनाको निवेदन परेकामा १३ जनालाई छनोट गरिएको गाउँपालिकाका अध्यक्ष दिलीपसिंह बुढाथोकीले जानकारी दिए । विभिन्न रोगबाट पीडित दीर्घरोगीलाई उपचार अनुदानस्वरुप गाउँपालिकाले पैसा दिएको भन्दै गाउँपालिकावासीमा खुशी छाएको छ ।
रासस

प्रकाशित मिति : ३० फाल्गुन २०७४, बुधबार ००:००