१८ मंसिर २०८२, बुधबार | Wed Dec 3 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ज्येष्ठ नागरिकलाई स्वास्थ्य बिमा शुरु



२४ फागुन, नवलपरासी ।
नवलपरासी पश्चिमको सुनवल नगरपालिकाले ज्येष्ठ नागरिकलाई ५० हजार बराबरको स्वास्थ्योपचार बीमा अभियान शुरु गरेको छ ।

साठी वर्षमाथिका दलित र ७० वर्ष माथिका सबै वर्गका समुदायलाई स्वास्थ्योपचारमा सो बराबरको स्वास्थ्योपचार बीमा अभियान शुरु गरिएको नगर प्रमुख भीमबहादुर थापाले जानकारी दिए ।

स्वास्थ्य बीमाका लागि देवदह मेडिकल कलेज तथा रिसर्च इन्स्टिच्युट प्रालि, भलुहीबीच सम्झौतापत्रमा हस्ताक्षर भइसकेको सुनवल नगरपालिकाले जनाएको छ ।

योसंगै सुनवल नगरपालिकाभित्रका ज्येष्ठ नागरिकलाई स्वास्थ्य बीमाले धेरै ज्येष्ठ नागरिकको स्वास्थ्योपचारमा थप सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
रासस

प्रकाशित मिति : २४ फाल्गुन २०७४, बिहिबार ००:००