७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पाल टाँगेर भएपनि गाउँपालिकाको कार्यालय सञ्चालन गर्न निर्देशन



सरकारले पाल टाँगेर भएपनि गाउँपालिकाको कार्यलय सञ्चालन गर्न निर्देशन दिएको छ । पहाडी र हिमाली क्षेत्र र भूकम्प प्रभावित जिल्लाहरूमा कार्यालय नभएको गुनासो आउन थाले पछि संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले यस्तो निर्देशन दिएको हो ।

मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले अधिकांश स्थानीय तहमा कार्यकारी अधिकृत खटाईसकेको र बजेट पनि पठाउने तयारी भएकाले यस्ताे निर्देशन दिएको बताए ।

“नगरपालिका र सुगम क्षेत्रका गाउँपालिकामा समस्या छैन । तर हिमाली, पहाडी र भूकम्प प्रभावित क्षेत्रमा कार्यालयका लागी भवन नै नभएको गुनासो आएका छन्,” उनले भने, “कार्यकारी अधिकृत र आवश्यक कर्मचारी खटाइसकेका छौं । बजेट पनि निकास हुँदैछ । पाल टाँगेर भएपनि कार्यालय सञ्चालन गर्न निर्देशन दिएका छौं ।”

अर्थ मन्त्रालयले हिजोआज नै प्रत्येक स्थानीय तहलाई १/१ करोड रुपैयाँ विनियोजन गर्ने तयारी गरिरहेको उनले बताए । स्थानीय तहको आफ्नै भवन नभए पनि भाडामा लिने, भाडामा पनि नपाए प्रिफ्याप बिल्डिङ बनाउने र त्यो पनि सम्भव नभए पाल टाँगेर भएपनि कार्यालय खडा गर्न मन्त्रालयले निर्देशन दिएको हो ।

“असारसम्मका लागी ८० लाख रुपैयाँ पूँजीगत र २० लाख रुपैयाँ चालू बजेट विनियोजन हुँदैछ,” उनले भने, “अल्पकालीन कार्यालय खडा गर्न बजेट पुग्दैन भन्ने लाग्दैन ।” जनप्रतिनिधी आए पछि केन्द्र हेरफेर र नयाँ भवनहरू निर्माण गर्ने भएकाले अहिलेको व्यवस्थापन संक्रमणकालीन मात्रै भएको उनले बताए ।

प्रकाशित मिति : ८ चैत्र २०७३, मंगलबार ००:००