२० बैशाख २०८१, बिहिबार | Thu May 2 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मन्त्रिमण्डल विस्तार हुदै, ४ बजे शीतल निवासमा सपथ कार्यक्रम तय



१४ फागुन, काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल विस्तारको तयारी गरेसंगै आजै ४ बजेका लागि राष्ट्रपति भवन, शीतल निवासमा मन्त्रीहरुको शपथ ग्रहण कार्यक्रम तय भएको छ ।

यही फागुन ३ गते प्रधानमन्त्री नियुक्त भएका नेकपा एमालेका अध्यक्ष ओलीले नेकपा माओवादी केन्द्र र सकेसम्म मधेशी जनाधिकार फोरम नेपाललाई समेत समेटेर मन्त्रिमण्डल विस्तार गर्न लागेका हुन् ।

हाल मन्त्रिपरिषद् तीन सदस्यीय मात्र छ भने पछिल्लो संशोधित कार्यसम्पादन नियमावली अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सहित १८ मन्त्रालय हुनेछन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले आज ४ बजे शपथ ग्रहणको कार्यक्रम तय भएको जानकारी दिए ।

एमालेले अर्थ तथा योजना र केन्द्रले गृह मन्त्रालय सहित विभिन्न मन्त्रालयको जिम्मेवारी लिने आपसी सहमति भइसकेको बुझिएको छ । दुवै दलले मन्त्री चयनको अन्तिम निर्णयको अधिकार पार्टी अध्यक्ष एवं शीर्ष नेतालाई दिएका छन् ।
रासस

प्रकाशित मिति : १४ फाल्गुन २०७४, सोमबार ००:००