२० बैशाख २०८१, बिहिबार | Thu May 2 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

थापाको नेतृत्वमा माओवादी सरकारमा



११ फागुन, भक्तपुर ।
नेकपा माओवादी केन्द्र का नेता देवप्रसाद गुरुङले आइतबार सम्म मन्त्रिमण्डलले पूर्णता पाउने बताएका छन् । रफत् सञ्चार क्लबले आयोजना गरेको साक्षात्कारमा नेता गुरुङले पार्टीका वरिष्ठ नेता रामबहादुर थापाको नेतृत्वमा माओवादी सरकारमा जाने बताए ।

उनले भने, “सरकारमा मधेशवादी दलसमेत सहभागी हुनसक्ने वातावरण बन्दै गएको छ, जनअपेक्षा र समयको मागअनुसार संविधान संशोधनसमेत गरेर अगाडि बढ्न सकिन्छ ।”

अबको १५ दिनभित्र दुई पार्टी एकताले पूर्णता पाउने दाबी गर्दै उनले राष्ट्र र राष्ट्रियताको विषयमा पक्ष÷प्रतिपक्ष नभएर वाम गठबन्धन र कांग्रेस एक ठाउँमा उभिनुपर्नेमा जोड दिए ।

उनले विदेशीले सरकारका हरेक निर्णय र नीति आफ्नो पक्षमा पार्न प्रयत्न गर्दै आएपनि अबको सरकार यस विषयमा गम्भीर हुने उनको भनाइ थियो ।
रासस

प्रकाशित मिति : ११ फाल्गुन २०७४, शुक्रबार ००:००