५ श्रावण २०८१, शनिबार | Sat Jul 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पाठ्यक्रम तयार गर्दै भक्तपुर नगरपालिका



१० फागुन, भक्तपुर ।
भक्तपुर नगरपालिकाले विद्यार्थीहरुहरुलाई नगरबारेका जानकारी दिन सामुदायिक तथा निजी विद्यालयहरुका लागि पाठ्यक्रम तर्जुमा गरिरहेको छ । आउँदो शैक्षिक सत्रदेखि नै लागू हुने गरी नगरपालिकाले पाठ्यक्रम निर्माणको कार्य शुरु गरेको हो ।

नगरपालिकाले पाठ्यक्रम बनाउन ५ सदस्यीय कार्यदल बनाएर काम अगाडि बढाएको हो । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले स्थानीय तहको अधिकार प्रयोग गर्दै स्थानीय तहको सामग्री समावेश गरी पाठ्यक्रम निर्माण गर्न कार्यदल बनाएको बताए ।

विद्यार्थीलाई भक्तपुरको कला, संस्कृति र पहिचानका बारेमा जानकारी गराउन यस्तो पाठ्यक्रम खाँचो महसुस गरिएको हो । आगामी वैशाखदेखि नै स्थानीय पाठ्यक्रम लागू गर्ने तयारीका साथ काम भइरहेको प्रमुख प्रजापतिको भनाइ छ ।

जेन्युइन इङ्गलिस सेकेण्डरी स्कूलका प्रधानाध्यापक योगेन्द्रमान बिजुक्छेको संयोजकत्वमा शिक्षाविद् सिद्धिराज शाक्य, आदर्श उमावि लाय्कू थिमिका प्राचार्य उद्धव सुजुखु, शारदा माविका रोशन तुईतुई र शारदा कलेजका राजेन्द्र श्रेष्ठ रहेको ५ सदस्यीय पाठ्यक्रम निर्माण कार्यदल गठन गरिएको छ ।

नगरपालिकाले नगरको ५ वटा विषयलाई पाठ्यक्रममा समावेश गरेर अध्यापन गराउन लागेको संयोजक बिजुक्छेले जानकारी दिए ।
रासस

प्रकाशित मिति : १० फाल्गुन २०७४, बिहिबार ००:००