९ श्रावण २०८१, बुधबार | Wed Jul 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

इटिकेटिङ शुरु गर्दै साझा यातायात



१० फागुन, ललितपुर ।
साझा यातायातले ‘इटिकेटिङ’ शुरु गर्न तयारी थालेको छ । नेपाल राष्ट्र बैंकसंगको सहकार्यमा इटिकेटिङ लागू गर्न लागिएको साझा यातायातका कामु प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेयले जानकारी दिए ।

इटिकेटिङ शुरु भएपछि यात्रुले भाडामा पैसाको साटो कार्डको प्रयोग गर्न सक्ने छन् । साझाका सबै बसमा उक्त नियम लागू हुने उनले बताए । नियमित रुपमा यात्रा गर्ने यात्रु यो सेवाबाट बढी लाभान्वित हुन सक्नेछन् । उनले भने, “कर्मचारी, विद्यार्थी लगायतलाई यो सेवाले अझै सजिलो हुनेछ ।”

साझा यातायातले दुई वर्ष पहिले नै नेपाल बैंक लिमिटेड र नेपाल टेलिकमसंग सम्झौता गरेको थियो । गत वर्ष परीक्षणका रुपमा केही बसमा लागू भएको थियो । पाण्डेय भन्छन्, “सबै बसमा लागू हुँदा नै यो सेवा अझै प्रभावकारी बन्न सक्छ ।” केही रुटमा मात्रै र थोरै बसमा यो सेवा लागू हुँदा भने यात्रुले प्रयोग गर्न नचाहने उनी बताउछन् ।

साझा यातायातको अहिले काठमाडौँ उपत्यकामा ४४ वटा र उपत्यका बाहिर दुईवटा बस सञ्चालनमा छन् । उनन्तीस वटा बस थप गर्ने साझा यातायातले तयारी गरेको छ । साझामा ९७ प्रतिशत सरकारी लगानी छ ।
रासस

प्रकाशित मिति : १० फाल्गुन २०७४, बिहिबार ००:००