१० श्रावण २०८१, बिहिबार | Thu Jul 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

छिटफूट घटना बाहेक अवस्था सामान्य, सवारी साधन यथावत् सञ्चालनमा



८ फागुन, काठमाडौं ।
नेपाल बन्दको हल्ला गरिए पनि बिहानैदेखि सार्वजनिक साधन यथावत सञ्चालन भइरहेका छन् । बिहान केही समय यातायात कम चलेपनि कार्यालय समयपछि पूर्ववत् सवारी साधन सञ्चालनमा आएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले नेपाल बन्दको आह्वान गरेको थियो । उपत्यकामा सवारी साधन चलेपनि बाहिर जाने सवारी साधन भने कम रहेको महाशाखाका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक उमेश रञ्जितकारले जानकारी दिए ।

उपत्यका बाहिर केही स्थानमा बन्दको प्रभाव परेको जनाइएको छ । “सोमबार बेलुकी नै उपत्यका बाहिरबाट आएका सार्वजनिक यातायात बिहान उपत्यका भित्रिएका छन्, केही विद्यालय बन्द भएकाले पहेँलो रंगका सवारी साधन कम चलेका छन् ।

गल्कोपाखामा एउटा ट्याक्सी, पुरानो बानेश्वर माइक्रो बस र मध्यबानेश्वरमा सरकारी नम्बर प्लेटको एक सवारी साधनमा प्रदर्शनकारीले क्षति पु¥याएका छन्” उनले भने ।

गल्कोपाखामा बा २ ज ४३६२ नं को ट्याक्सीको अगाडिको सिसा फुटाइएको छ । पुरानो बानेश्वरमा बा १ ज ६४०५ नं को सिनामंगल–मैतीदेवी–रत्नपार्क ‘रुट’ मा चल्ने माइक्रोको पनि अगाडिको सिसा फुटाइएको छ ।

मध्यबानेश्वरमा ओखलढुंगा जिल्ला अदालतको पार्क गरी राखिएको बा १ ज ८१८० नं को सरकारी नं प्लेटको सवारी साधनमा पनि क्षति पु¥याइएको महाशाखाले जनाएको छ । यसबाहेक सामान्य रुपमा सवारी साधन सञ्चालन भइरहेको छ ।
रासस

प्रकाशित मिति : ८ फाल्गुन २०७४, मंगलबार ००:००