२० बैशाख २०८१, बिहिबार | Fri May 3 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ओली प्रधानमन्त्री नियुक्त



३ फागुन, काठमाडौं ।
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीमा नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओलीलाई नियुक्त गरेकी छन् ।

एमालेका अध्यक्ष ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हस्ताक्षर गरेको प्रतिनिधिसभाका बहुमत सदस्यको समर्थनसहितको पत्र बुझाएको केहीबेर पछि राष्ट्रपतिले ओलीलाई नेपालको संविधानको धारा ७६ ९२० बमोजिम प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् ।

गत मंसिर १० र २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनको अन्तिम परिणाम बुधबार निर्वाचन आयोगले राष्ट्रपतिसमक्ष बुझाएपछि नयाँ सरकार गठन भएको हो । राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीका अनुसार आजै ४ बजे शीतल निवासमा प्रधानमन्त्रीको शपथ हुनेछ ।
रासस

प्रकाशित मिति : ३ फाल्गुन २०७४, बिहिबार ००:००