७ आश्विन २०८३, बुधबार | Wed Sep 23 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

निर्वाचन अायाेगले दियाे ३ दललाई नामावली सच्याएर ल्याउन २ दिनको समय



१ फागुन, काठमाडौं ।
निर्वाचन आयोगले तीन राजनीतिक दललाई प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फ अन्तिम बन्दसूचीको समावेशी समूहको प्राथमिकता क्रम लगायत आधारमा उम्मेदवार छनोट गरी नाम सिफारिश गर्न पुनः दुई दिनको समय दिएर पत्राचार गर्ने निर्णय गरेको छ ।

प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवको अध्यक्षतामा सोमबार साँझ बसेको आयोग बैठकले यस्तो निर्णय गरेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

आयोगले सोमबार बन्दसूचीका उम्मेदवारमध्ये निर्वाचित गर्न नाम सिफारिश गरेका तर प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ अनुसार समावेशी समूहको प्राथमिकता क्रम लगायत आधारमा उम्मेदवार छनोट नभएकाले आयोगले फागुन २ गते साँझ ५ बजेभित्र नामावली सच्याएर आयोगमा पेश गर्न नेपाली कांग्रेस, माओवादी केन्द्र र राष्ट्रिय जनता पार्टी नेपाललाई पत्राचार गर्ने निर्णय गरेको बताइएको छ ।
रासस

प्रकाशित मिति : १ फाल्गुन २०७४, मंगलबार ००:००