२९ माघ, काठमाडौं ।
नेपाली कांग्रेसले प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन प्रणालीतर्फ प्राप्त गरेको सिटअनुसार उम्मेदवारको नामावली निर्वाचन आयोगमा बुझाउने तयारी गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा जारी कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकले समानुपातिक सिटमा उम्मेदवार तय गर्ने सम्बन्धमा छलफल गरिरहेको पार्टी कार्यालयले जनाएको छ ।
बैठकले आजै नामावली टुंगो लगाई निर्वाचन आयोगमा बुझाउने कांग्रेस नेता दिलेन्द्रप्रसाद बडूले जानकारी दिए । कांग्रेसले प्राप्त गरेका सिटमा कम्तीमा २० महिलाको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने आयोगले जनाएको छ ।
आयोगले शुक्रबार समानुपातिक निर्वाचनतर्फ दलले प्राप्त गर्ने स्थान संख्याबारे औपचारिकरुपमा जानकारी दिँदै यसअघि बन्दसूचीमा पेश गरिएको नामलाई समावेशिताको आधार मिलाएर आजसम्म पठाउन दलहरुलाई पत्राचार गरेको थियो ।
आयोगका अनुसार समानुपातिकतर्फ नेकपा एमाले ४१, नेपाली कांग्रेस ४०, माओवादी केन्द्र १७ तथा राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपालले ६–६ स्थान प्राप्त गरेका छन् ।
एमालेले प्राप्त स्थानमा उम्मेदवारको टुंगो लगाई आइतबार नै सूची आयोगमा बुझाएको छ भने अन्य दलले आज बुझाउने बुझिएको छ ।
रासस
प्रतिक्रिया