२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रदेशस्तरीय दंगा नियन्त्रण कार्यालय नवलपरासीमा स्थानान्तरण



२८ माघ, नवलपरासी ।
बुटवलमा रहेको प्रदेशस्तरीय दंगा नियन्त्रण प्रहरी गणको कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) सुनवलमा स्थानान्तरण भएको छ ।

रुपन्देहीको धागो कारखाना परिसरमा भाडामा रहेको दंगा प्रहरीको नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) सुनवल– ३ कीर्तिपुरमा हालैमात्र १० बिघा क्षेत्रफल जग्गामा कार्यालय तथा आवासीय भवन निर्माण गरी स्थानान्तरण भएको हो ।

दंगा नियन्त्रण प्रहरी गणको भवन निर्माणपछि अब सो स्थानमा ६०० प्रहरी दरबन्दीमा रहने भएका छन् । उक्त स्थानमा कार्यालय भवन, क्वाटर गार्ड, ब्यारेक भवन, मेस भवन, ट्रेड शप, प्रहरी उपरीक्षक निवास भवन तयार भइसकेका छन् ।

अन्य केही आवश्यक भवन पनि निर्माणाधीन अवस्थामा रहेको उक्त स्थानमा विसं २०७१ बाट करिव ७ करोड ५ लाखको लागतमा निर्माण थालिएको थियो ।
रासस

प्रकाशित मिति : २८ माघ २०७४, आइतबार ००:००