११ श्रावण २०८१, शुक्रबार | Fri Jul 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

इन्द्रावतीमा नदीजन्य पदार्थ उत्खनन गर्न दिने मेलम्ची नगरपालिकाकाे निर्णय



१९ माघ, मेलम्ची ।
सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिकाले नगरपालिका भएर बग्ने इन्द्रावतीमा आजदेखि नदीजन्य पदार्थ उत्खनन गर्न दिने भएको छ ।

नगरपालिका प्रमुखको संयोजकत्वमा बिहीबार बसेको बैठकले स्थानीय समन्वय समिति तथा अनुगमन समिति गठन गरेर मापदण्डसहितको कार्यविधि बनाएर स्काभेटर प्रयोग गर्न दिइने निर्णय गरेको हो ।

सिन्धुपाल्चोक क्रसर व्यवसायी संघको अध्यक्ष किरण थापाले स्थानीय राजनीतिक दलका प्रतिनिधि, समाजसेवी, पत्रकार र स्थानीय सहितको भेलाले नदीको स्वरुप परिर्वतन र वातावरणको मध्यनजर राख्दै नयाँ मापदण्ड बनाएर मात्रै स्काभेटर प्रयोग गर्न दिने निर्णय भएको बताए ।

थापाका अनुसार मेलम्ची नगरपालिकाभित्रका इन्द्रावती नदीमा रहेका क्रसरले प्रतिवटा स्काभेटर प्रयोग गर्न पाउनेछन् । नदीमा प्रयोग भएका स्काभेटरको दूरी एक किमी टाढा हुनुपर्ने तथा दुई मिटरभन्दा गहिरो खन्न नपाउने लगायतको मापदण्ड तोकिएको उनले जानकारी दिए ।

समितिमा नगरपालिका प्रमुख संयोजक रहने गरी स्थानीय समन्वय समिति तथा अनुगमन समितिमा सुरक्षा निकायका प्रमुख, सम्बन्धित वडाको अध्यक्ष, ठेक्का लिने ठेकेदार रहनेछन् । सोही समितिले मापदण्ड बाहिर रहेर कुनै कार्य गरेको खण्डमा कारबाही समेत गर्नेछ ।
रासस

प्रकाशित मिति : १९ माघ २०७४, शुक्रबार ००:००