११ बैशाख २०८१, मंगलबार | Wed Apr 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

५५ बर्षअघि तस्बीरः स्थानीय निकायको संख्या र सीमाना निर्धारण गर्ने पदाधिकारीहरू



यो तस्बिर ५५ बर्षअघिको हो । तत्कालिन राष्ट्रिय निर्देशन मन्त्री विश्वबन्धु थापाको संयोजकत्वमा गठन भएको ‘विकास, जिल्ला एवं अञ्चल विभाजन समिति’ गठन भएको थियो । नेपाल सरकारका पूर्वसचिव खेमराज नेपालका अनुसार समितिले २०१८ सालमा ३ हजार ६ सय ४६ गाउँ, ७५ जिल्ला र १४ नगरपञ्चायत गठन गरेको थियो । त्यसबेला गठन भएको ७५ जिल्ला अझै बाँकी छन् । त्यसबेला निर्धारण भएको गाउँ पञ्चायत र जिल्ला पञ्चायतलाई २०४६ सालको राजनीतिक परिर्वतनपछि गाउँ विकास समिति र जिल्ला विकास समिति नामाकरण गरियो ।

नाम परिर्वतन भए पनि स्थानीयको संख्या, सीमाना र अधिकारक्षेत्रमा खासै परिर्वतन आएको थिएन । अहिले सरकारले स्थानीय तहको कार्यान्वयन गरेको छ । स्थानीय तहको कार्यान्वयनसँगै गाविस भंग भएका छन् । जिविसहरू कार्यकारी जिम्मेवारीविहीन भएका छन् । स्थानीय तहको संख्या ७ सय ४४ पुगेको छ । यसको संख्या र सीमाना निर्धारण नेपाल सरकारका पूर्वसचिव बालानन्द पौडेलको संयोजकत्वमा गठन भएको स्थानीय तह पुनर्संरचना आयोगले गरेको हो । पौडेल आयोगले ७ सय १९ र सरकारले २५ वटा स्थानीय तहको संख्या र सीमाना निर्धारण गरेको हो । याे तस्बीर नेपाल सरकारका पूर्वसचिव खेमराज नेपालले उपलब्ध गराएका हुन् ।

प्रकाशित मिति : २७ फाल्गुन २०७३, शुक्रबार ००:००