१ पुस २०८२, मंगलबार | Tue Dec 16 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

इलाम नगरपालिकाको सुत्केरी प्याकेजबाट २२ महिला लाभान्वित



१६ माघ, इलाम ।
इलाम नगरपालिकाले चालू आर्थिक वर्षको ६ महिनाको अवधिमा २२ जना आमाहरुलाई सुत्केरी सुविधा प्याकेज उपलब्ध गराएको छ ।

सुत्केरी सुविधाको प्याकेजमा एक किलोग्राम घ्यू, एक पावा ज्वानो, एक किलोग्राम सखर, एक किलोग्राम मिश्री, सुत्केरी आमा र बच्चाको लागि एक एक थान ब्ल्याङ्केट सहित २ हजार बराबरको जिन्सी सामग्री उपलब्ध गराइएको प्रशासकीय अधिकृत शाहले जानकारी दिए ।

प्रथम नगरसभाबाट स्वीकृत आर्थिक वर्ष २०७४÷०७५ को बजेट तथा कार्यक्रम अनुसार सुत्केरी महिलालाई दिइने सुत्केरी सुविधाबाट इलाम नगरपालिका क्षेत्रका २२ जना महिला लाभान्वित भएका हुन् ।

सुत्केरी सुविधा प्राप्त गर्नका लागि इलाम नगरपालिका क्षेत्रमा स्थायी बसोबास भएको हुनुपर्ने, बच्चाको जन्मदर्ता भएको हुनुपर्ने, सुत्केरी सुविधा प्रत्येक वडाको महिला सदस्यले सिफारिश गरेपछि मात्र पाउने र सुत्केरी भएको एक महिनाभित्रमा सुविधा लिई सक्नुपर्ने प्रावधान रहेको नगरपालिकाले जनाएको छ ।

यसो गर्दा बालबालिकाको तत्काल जन्मदर्तासमेत सुनिश्चित हुने इलाम नगरपालिकाका प्रशासकीय अधिकृत रामकुमार शाहले बताए ।

इलाम नगर कार्यपालिकाको गत साउन ५ गते सम्पन्न पहिलो बैठकको निर्णयानुसार इलाम नगरपालिकामा विगतमा उपलब्ध गराइएको सुत्केरी सुविधा कार्यक्रमलाई पुनः उपलब्ध गराउने निर्णयअनुरुप सुत्केरी महिलालाई प्याकेज प्रदान गरिएको हो ।
रासस

प्रकाशित मिति : १६ माघ २०७४, मंगलबार ००:००