२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुख्खाग्रस्त गाउँमा सेनाद्वारा धारा निर्माण



१६ माघ, तेह्रथुम ।
तेह्रथुमको म्याङलुङ नगरपालिका– १०, तम्फुलास्थित सुख्खाग्रस्त गाउँमा नेपाली सेनाले धारा निर्माण गरी समुदायलाई हस्तान्तरण गरेको छ ।

यहाँ रहेको नेपाली सेनाको इन्द्रदल गुल्मले आफ्नो सैनिक नागरिक सम्बन्ध सुधार तथा जनहितका कार्य अन्तर्गत गाउँका सर्वसाधारणका लागि खानेपानीको धारा निर्माण गरिदिएको हो ।

गाउँवासीलाई सहज होस् भनेर बिस्कुने चौतारा अगाडिको याकुम्बामा धारा निर्माण गरिदिएको गुल्मपति सेनानी महेश्वर कार्कीले बताए । गुल्मका अधिकृत सहित पाँच दर्जनभन्दा बढी सेनाले आफैँ श्रमदान गरी धारा बनाएका थिए । धारा निर्माणका लागि स्थानीयवासी समेतले सहयोग पु¥याएको जनाइएको छ ।

धारामा वरिपरि प्लास्टर गरी धारा परिसरमा तारजालीले घेराबारा समेत गरिएको छ । धारा निर्माणपछि स्थानीयवासीसँगै बटुवालाई समेत सहजता हुने स्थानीय पदमबहादुर तुम्बाहाम्फेले बताए ।

जीर्ण अवस्थामा रहेको धारा सेनाले बनाइदिएपछि स्थानीयवासी समेत हर्षित भएका छन् । यसअघि पनि इन्द्र दल गुल्मले जिल्लाका विभिन्न क्षेत्रमा सामाजिक काम गरी नागरिकसँग सम्बन्धलाई सुमधुर बनाउँदै आएको छ ।
रासस

प्रकाशित मिति : १६ माघ २०७४, मंगलबार ००:००