७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्थानीय तह कार्यान्वयनको अन्तिम तयारी, एलडीओलाई विदामा नबस्न निर्देशन



सरकारले गाउँपालिका र नगरपालिका कार्यान्वयन गर्ने अन्तिम तयारी गरेको छ । गाउँपालिका र नगरपालिकालाई आजभोली नै राजपत्रमा प्रकाशित गर्दैछ । कार्यान्वयनमा सहजीकरण गर्न स्थानीय विकास अधिकारी (एलडीओ)हरूलाई विदामा नबस्न संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले कार्यकारी आदेश जारी गरेको छ ।

“नयाँ स्थानीय तह एकदुई दिनभित्रै राजपत्रमा प्रकाशित हुँदैछ । राजपत्रमा प्रकाशित भएकै दिन कार्यालयको नाम परिर्वतन हुन्छ,” मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले भने, “आवश्यक प्रबन्ध मिलाउन एलडीओलाई विदामा नबस्न निर्देशन दिएका छौं । विदामा भए पनि काममा फर्किनु पर्नेछ ।” साथै जिल्लाबाहिर रहेकाे भएपनि कार्यलय अाउन निर्देशन दिएकाे छ ।

राजपत्रमा प्रकाशित भएपछि कार्यान्वयन भएको मानिन्छ । नयाँ स्थानीय तह कार्यान्वयन भएपछि पुराना स्थानीय निकायको लेटरप्याड, निशान छाप, साइनबोर्ड, नागरिक बडापत्र काम लाग्ने छैनन् । नयाँ स्थानीय तहअनुसारको व्यवस्था गर्नुपर्छ । साथै सिफारिसको ढाँचा पनि नयाँ नामअनुसार फेरिने छ ।

“राजपत्रमा प्रकाशित हुनेवित्तिकै जिविस पनि जिल्ला समन्वय समितिमा रुपान्तरण हन्छन्,” शर्माले भने, “जिविस कार्यकारीबाट समन्वयात्मक जिम्मेवारीमा गएका कारण पनि एलडीओलाई निर्देशन दिएका हौं ।”

कार्यकारी प्रमुख पनि छिट्टै

राजपत्रमा प्रकाशित भएपछि गाउँपालिका र नगरपालिकाको केन्द्र तोकिने छ भने निमित्त कार्यकारी अधिकृत पनि तोक्नेछ । राजपत्रमा प्रकाशित भएपछि नयाँ व्यवस्थाअनुसार नै काम गर्नुभएकाले स्थानीय तहमा गाभिएका गाविस र नगरपालिकाका नीजामतितर्फका बरिष्ठ कर्मचरीलाई निमित्त कार्यकारी अधिकृत तोक्नेछ ।

“तत्काललाई बरिष्ठ कर्मचारीलाई कार्यकारी प्रमुख दिन्छौं । केही दिन पछि सरकारले नै कार्यकारी अधिकृत खटाउनेछ,” उनले भने । उनका अनुसार मन्त्रालयले अहिले स्थानीय तहको बर्गीकरण गरिरहेको छ ।

भूगोल, जनसंख्या, वित्तीय परिचालन, सेवाप्रवाह धेरै भएका गाउँपालिका र नगरपालिकामा उपसचिव र थोरै भएकोमा शाखा अधिकृतलाई कार्यकारी अधिकृत बनाउन लागिएको पनि उनले बताए ।

“कार्यकारी अधिकृत महानगरपालिकाहरूमा सहसचिव हुनेछन् । ठूला र मझौला नगरपालिका र गाविसमा उपसचिव हुनेछन्,” उनले भने, “साना नगरपालिका र गाउँपालिकामा कार्यकारी अधिकृत शाखा अधिकृत हुनेछन् ।”

प्रकाशित मिति : २६ फाल्गुन २०७३, बिहिबार ००:००