६ श्रावण २०८१, आइतबार | Sun Jul 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सडकको चौडाइ घटाउन नपाइने भन्दै धनगढी बन्द



५ माघ, धनगढी ।
धनगढी क्षेत्रमा निर्माणाधीन ‘छ लेन’ सडकको चौडाइ घटाउन नहुने माग गर्दै आज धनगढी बन्द गरिएको छ । युवा दबाब समूहको अगुवाइमा भएको बन्दका कारण व्यापार व्यवसाय शिक्षण संस्था ठप्प भएका छन् ।

बन्दका क्रममा प्रदर्शनमा उत्रिएका धनगढी उपमहानगरपालिका–३ का वडाध्यक्ष बलबहादुर ऐर लगायत आठजनालाई केही समय नियन्त्रणमा लिएर छाडिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वीरबहादुर बुढामगरले बताए ।

सडक क्षेत्रभित्र बनाइएका घर लगायतका संरचना भत्काउने विषयमा उत्पन्न विवादपछि धनगढीको ट्राफिक चौराहादेखि बोराडाँडीसम्मको छ लेन सडक निर्माण कार्य रोकिएको थियो ।

सडक ऐन, २०३१ ले सडकको चौडाइ ८२ फिट तोके पनि तत्कालीन धनगढी नगरपालिकाले ७५ फिटमा घरको नक्सा पास गरिदिएकाले समस्या सिर्जना भएको जनाइएको छ ।

विवादका बीच तत्कालीन धनगढी नगरपालिकाबाट नक्सा पास गरेर बनाइएका संरचना मुआब्जाबिना हटाउन नपाइने मागसहित ट्राफिक चौराहाका घना जोशी लगायत १३ घरधनीले दायर गरेको रिट निवेदनमा सर्वोच्च अदालतको अन्तरिम आदेश पछि सो क्षेत्रको सडक निर्माणको काम केही दिनदेखि रोकिएको हो ।
रासस

प्रकाशित मिति : ५ माघ २०७४, शुक्रबार ००:००