१४ मंसिर २०८२, शनिबार | Sat Nov 29 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विष्णुपुर गाउँपालिकाको बजेट २० करोड



३ माघ, लहान ।
सिरहाको विष्णुपुर गाउँपालिकाले आर्थिक वर्ष २०७४/७५ का लागि २० करोड ४९ लाख ३३ हजारको बजेट सार्वजनिक गरेको छ ।

गाउँसभाले अगामी आवका लागि अनुदानबापतको ४ करोड ५९ लाख ७० हजार, वित्तीय सामानीकरणबाट प्राप्त अनुदान ११ करोड ९५ लाख ९४ हजार, गत आवको मौज्दात ६४ लाख ४३ हजार, आन्तरिक स्रोतको अनुमानित १ करोड २० हजार र सामाजिक सुरक्षातर्फको २ करोड २९ लाख ६ हजार बजेट सार्वजनिक गरेको सो गाउँपालिकाका अध्यक्ष जागेश्वर यादवले जानकारी दिए ।

चालू खर्चतर्फ २ करोड ३० लाख, पूँजीगततर्फ विभिन्न विषयगत क्षेत्रमा शिक्षातर्फ ३ करोड २५ लाख ९३ हजार, स्वास्थ्यतर्फ १६ लाख ३६ हजार, औषधि खरिदतर्फ १० लाख, कृषितर्फ ३२ लाख, पशु स्वास्थ्यतर्फ ११ लाख ६८ हजार, खानेपानीतर्फ ७ लाख ५० हजार, अन्य पूँजीगत पूर्वाधार निर्माणअन्तर्गत वडा कार्यालयतर्फ ५ करोड ३० लाख, अन्य सामाजिक सुरक्षा तथा बालपोषणतर्फ २ करोड २९ लाख ६ हजार तथा गाउँपालिका भवन निर्माण मेसिनरी खरिद लगायत अन्य पूँजीगत निर्माणतर्फ ५ करोड ५६ लाख ८० हजार विनियोजन गरेको छ ।
रासस

प्रकाशित मिति : ३ माघ २०७४, बुधबार ००:००