१९ मंसिर २०८२, बिहिबार | Thu Dec 4 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कलैया उपमहानगपालिकाको बजेट ९१ करोड



 

२७ पुस, कलैया । बाराको कलैया उपमहानगरपालिकाले आर्थिक बर्ष २०७४/०७५ का लागि ९१ करोड ३२ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

उपमहानगरपालिकाका प्रमुख राजेशप्रसाद यादवको अध्यक्षतामा आयोजित नगरसभामा उपप्रमुख रजिमा खातुनले बजेट विनियोजनको घोषणा गरेको हो । अहिलेसम्म चालूतर्फ १५ करोड ५५ लाख रुपैयाँ र पुँजीगततर्फ ३ करोड ९९ लाख रुपैयाँ खर्च भएको छ ।

नगरसभाको उद्घाटन गर्दै खानेपानी तथा सरसरफाइमन्त्री महेन्द्र यादवले नगरको विकासमा नगरवासी नै सक्रिय हुनुपर्नेमा जोड दिए । साथै गणतन्त्र स्थापना गर्न शहादत प्राप्त गर्ने सहिदहरूको सपनालाई पूरा गर्ने दायित्व जनप्रतिनिधिमा रहेको बताए ।
रासस

प्रकाशित मिति : २७ पुस २०७४, बिहिबार ००:००