११ श्रावण २०८१, शुक्रबार | Fri Jul 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

‘खराब शिक्षकलाई बर्खास्त गरौं, सरुवा गरे अरू विद्यालय पनि बिर्गाछन्’



स्थानीय खबर संवाददाता
काठमाडौं, २४ पुस

खराब आचरण भएका र गलत क्रियाकलाप गर्ने शिक्षकलाई सरुवा गरेर थप अरू विद्यालय बिगार्न दिन नहुनेमा सरोकारवालाहरूले जोड दिएका छन् । गाविस राष्ट्रिय महासंघले अयोजना गरेको कार्यक्रममा स्थानीय शासन विज्ञ कृष्णप्रसाद सापकोटाले सरुवा गरे उसले अर्को विद्यालयलाई पनि बिगार्ने भएकाले बर्खास्तसम्मको कारवाही हुनुपर्ने बताए ।

“खराब शिक्षकलाई सरुवा गरे उसले राम्रो विद्यालय पनि बिगार्छ, बर्खास्तै गरौं । सरुवालाई दण्ड दिने मापदण्ड नबनाउँ,” स्थानीय तहको नमुना शिक्षा ऐन निर्माणसम्बन्धि उक्त कार्यक्रममा भने, “कार्यरत अन्य शिक्षकहरूको बृद्धि विकास सूचकमा आधारित कार्यसम्पादनका आधारमा हुनुपर्छ । स्थायी गरेर जागिर जोगाइदिने होइन । यसबारे स्थानीय शिक्षा ऐन स्पष्ट हुनुपर्छ ।”

दोलखाको मेलुङ गाउँपालिकाका अध्यक्ष नरबहादुर श्रेष्ठले पनि शिक्षकले खराब आचरण र व्यवहार देखाए बर्खास्तसम्मकै कारवाही गर्नुपर्ने बताए । “हामीमध्ये धेरैले शिक्षक चुरोट तान्दै विद्यालय जाने, ओंठमा खैनी हालेर कक्षामा पढाउने, जाँडरक्सि खाएर हल्लिँदै हिँडेको देखेका छौं,” श्रेष्ठले भने, “त्यस्ता शिक्षकलाई सरुवा गर्न हुन्न, अरु विद्यालय पनि बिगार्छ । अरूखाले कारवाही हुनुपर्छ । यो काम मेरै गाउँपालिकाबाट सुरू गर्छौं ।”

महासंघले गाउँपालिकाहरूलाई लक्षित गरि शिक्षा, स्वास्थ्यसहित ४ वटा नमुना ऐनमाथी छलफल गरेको थियो । महासंघले गाउँपालिकाहरूलाई सहज पार्न नमुना कानुनहरूको निर्माण गरिरहेको छ ।

प्रकाशित मिति : २४ पुस २०७४, सोमबार ००:००