१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

धनकुटा बन्दले संखुवासभा प्रभावित



२४ पुस, संखुवासभा ।
प्रदेशको राजधानी माग गर्दै धनकुटाले अनिश्चितकालीन जिल्ला बन्द गराएपछि संखुवासभावासीलाई समस्या भएको छ । पाँच दिनदेखि लगातार धनकुटा बन्द भएसंगै यातायातका साधन चल्न सकेका छैनन् ।

सदरमुकाम खाँदबारीबाट चल्ने साना तथा ठूला कुनै पनि सवारी साधन चल्न नसक्दा यात्रुहरू बीच बाटामा अलपत्र परेका छन् । बिहान खाँदबारीबाट यातायातका साधन छुटे पनि धनकुटा र संखुवासभाको सीमा केवाखोलामै रोकिनुपर्ने अवस्था रहेको व्यवसायीले बताएका छन् ।

बन्दकर्ताले राति ११ बजेदेखि बिहान ५ बजेसम्म सडक खुला गरे पनि ठाउँठाउँमा अवरोध हुने गरेको छ । बन्दबाट प्रत्यक्ष रुपमा बिरामी मर्कामा पर्ने गरेका छन् । जिल्ला अस्पतालबाट सिफारिस गरिएका बिरामी बीच बाटामै रोकिनुपरेको जिल्ला स्वास्थ्य प्रमुख डा विनितकुमार झाले बताए ।
रासस

प्रकाशित मिति : २४ पुस २०७४, सोमबार ००:००