१५ मंसिर २०८२, आइतबार | Mon Dec 1 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जनता आवास कार्यक्रमः एक हजार घर निर्माण हुने



२४ पुस, बैतडी ।
जनता आवास कार्यक्रमअन्तर्गत चालू आर्थिक वर्षमा बैतडीमा ५०० घर निर्माण हुने भएका छन् । अति विपन्न दलित समुदायका नागरिकलाई लक्षित गरी घर निर्माण गरिने शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय बैतडीका प्रमुख प्रवीण शाहले जानकारी दिए ।

साविकका २१ वटा गाविसमा रहेका अति विपन्न, असहाय दलित समुदायका नागरिकका लागि घर बनाइनेछन्, उनले बताए, “यसका लागि आवेदन दिने म्याद सकिएको र आवेदन संकलनको काम भइरहेको छ ।”

आफ्नो नाममा लालपूर्जा भएका तर घर नभएकाका लागि कार्यक्रमअन्तर्गत घर निर्माण गरिने कार्यालय प्रमुख शाहले जानकारी दिए ।

जनता आवास कार्यक्रम विस्तार

साविकका थप ६ वटा गाविसमा यो कार्यक्रम विस्तार भएको छ । थप हुने गाविसमा साविकका पञ्चेश्वर, कोटपेटरा, रौलेश्वर, गिरेगडा, मठैराज र गुरुखोला रहेको प्रमुख शाहले बताए । घर जीर्ण भएका, घर नै नभएका, परिवार संख्या ठूलो भएका नागरिकलाई प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गरिने उनले जानकारी दिए ।

एक हजार विपन्न नागरिक लाभान्वित

यो कार्यक्रमबाट बैतडीका एक हजार गरिब, विपन्न नागरिकलाई आवासको व्यवस्था हुने भएको छ । “गत वर्ष र यो वर्ष गरेर एक हजार विपन्न परिवारले आवास पाउने भएका छन्” उनले भने, “विपन्न बस्तीलाई लक्षित गरेर जनता अवास कार्यक्रम सञ्चालन गरिएको हो ।”
रासस

प्रकाशित मिति : २४ पुस २०७४, सोमबार ००:००