२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

महानगरलाई गुट्खामुक्त पार्न दबाब, नगरपालिका अगाडि प्लेकार्डसहित प्रदर्शन



२० पुस, रत्ननगर– चितवन ।
खैनी, सूर्ती, गुड्खाका कारण मानव स्वास्थ्यमा समेत असर हुने र यत्रतत्र फोहर देखिने गरेको भन्दै स्थानीयवासीले गुड्खामुक्त गर्न माग गर्दै दबाबमूलक कार्यक्रम गरेका छन् ।

भरतपुर महानगरपालिकाको भोलि शुक्रबार हुन लागेको नगरपरिषद्बाट उक्त अभियान घोषणाको माग गर्दै स्थानीयवासीले आज भरतपुरमा प्रदर्शन गर्दै दबाब ¥यालीसमेत निकालेका हुन् ।

फेसबुकबाट गठित ‘वे ग्रुप’ नामक संस्थाको संयोजना तथा विभिन्न संघसंस्थाका प्रतिनिधिको सहभागितामा नगरपालिका अगाडि प्लेकार्डसहित स्थानीयवासीले प्रदर्शन समेत गरे ।

सरसफाइ अभियानमा लागेका अभियन्ता भोजनारायण कँडेलले प्लास्टिकजन्य फोहरमध्ये गुड्खा खाएर जथाभावी फ्याँकिने गरेकाले गुड्खा प्रयोगमा प्रतिबन्ध लगाउनुपर्ने बताए ।

“सातामा एक दिन एक छिन् समाजका लागि’ भन्ने नारासहित सरसफाइ अभियान चलाउँदै आएको वे ग्रुपको नेतृत्वमा नारायणगढको लायन्सचोकबाट शुरु भएको दबाब ¥याली शहीदचोक, पुल्चोक घुमेर भरतपुर महानगरपालिका अगाडि आई सभामा परिणत भएको थियो ।

सभामा उद्योग वाणिज्य संघका जिल्लाअध्यक्ष राजन गौतमले गुड्खाले स्वास्थ्यमा समेत असर पार्ने भन्दै यो अभियानलाई प्रभावकारी गराउनुपर्नेमा जोड दिए । जिल्लालाई गुड्खामुक्त घोषणा नगरेसम्म आफू अभियानमा लागिरहने गौतमले बताए ।

यसअघि उक्त समूहले गुड्खामुक्त गर्न दबाबस्वरुप हस्ताक्षर अभियान चलाएर स्थानीय प्रशासनलाई समेत बुझाएको थियो । गुट्खाले मानव स्वास्थ्यमा समेत असर गर्ने भएकाले हाम्रो ध्यान यसतर्फ तानिएको भरतपुरका अर्का अभियन्ता तथा नेपालमैत्री समाज जिल्लाअध्यक्ष विरेन्द्र पौडेलले बताए ।

सरसफाइका क्रममा गुट्खा खाएर फालिएका प्लास्टिकको फोहर अत्यधिक भएकाले यस्ता फोहर नियन्त्रण आवश्यक हुने सहभागीको भनाइ छ ।

मानव स्वास्थ्यमा असर गर्ने, जथाभावी फालिएकाले फोहर संकलन गर्न पनि गाह्रो हुने र पुनः प्रयोग पनि गर्न नसकिने भएकाले गुट्खा प्रतिबन्ध गर्नुपर्ने माग गर्दै उनीहरुले नगरपालिकाको ध्यानाकर्षणसमेत गराएका थिए ।
रासस

प्रकाशित मिति : २० पुस २०७४, बिहिबार ००:००