५ श्रावण २०८१, शनिबार | Sat Jul 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कर्णाली करिडोरलाई चाँडो सम्पन्न गर्छुः नेता लामा



१८ पुस, काठमाडौँ ।
हुम्लाबाट प्रतिनिधिसभा सदस्यमा नवनिर्वाचित सांसद छक्कबहादुर लामाले कर्णाली करिडोरलाई चाँडो सम्पन्न गरी स्थानीय उत्पादनलाई बजारीकरण गर्ने कार्य प्राथमिकतामा रहेको बताएका छन् ।

अखिल क्रान्तिकारी हुम्ला–काठमाडौँ सम्पर्क मञ्चले मंगलबार आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रममा उनले सडकको सुविधा नभएकाले सिमीकोट–कर्णाली करिडोर सडकखण्ड निर्माण पूरा भएपछि त्यहाँको विकास र समृद्धि हुने बताए ।

स्थानीय स्रोत साधन पर्याप्त हुँदाहुँदै पनि बाटोको अभावमा कृषि, जडीबुटी र बागवानीलाई बजार पु¥याउन नसकिएको बताउँदै उनले स्थानीयवासीले विभिन्न समयमा खाद्य संकट व्यहोर्नुपरेकामा चिन्ता व्यक्त गरे ।

प्रदेश ख बाट स्वतन्त्ररूपमा निर्वाचित नेता लामाले पिछडिएको हिमाली जिल्लाका रुपमा परिचित हुम्लाको मार्ग भएर कैलाश र मानसरोवर जान सकिने भएकाले बाटोघाटोको विकास भएपछि स्थानीय क्षेत्रमा पर्यटन विकासमा टोवा पुग्ने जानकारी गराए । हाल हुम्लीहरु तिब्बतमा पुगेर आफ्ना उपभोग्य सामग्री किन्ने गर्छन् ।
रासस

प्रकाशित मिति : १८ पुस २०७४, मंगलबार ००:००