९ बैशाख २०८१, आइतबार | Sun Apr 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रामपुरमा खरका छानारहित नगर कार्यक्रम शुरु



३ पुस, रामपुर– पाल्पा ।
रामपुर नगरपालिकामा खरका छानारहित नगर कार्यक्रम शुरु भएको छ । नगरपालिकालाई सुन्दर र नमूना नगरका रुपमा चिनाउन नगरपालिकाले विशेष प्राथमिकतामा राखेर खरका छानारहित नगर कार्यक्रम सञ्चालन गरेको हो ।

स्थानीयवासीले नगरपालिकामा पेश गरेको आवेदनका आधारमा क्रमैसँग अबको पाँच वर्षभित्र रामपुर नगरपालिकालाई खरका छानामुक्त नगर बनाउने योजनाका साथ यो कार्यक्रमलाई तदारुकता दिइएको छ ।

खरका छानारहित नगर कार्यक्रममा ७६८ घरधुरीले आवेदन पेश गरेको नगर प्रमुख रमणबहादुर थापाले बताए । संकलित निवेदनका आधारमा अब छिट्टै नै प्राविधिकसहितको कर्मचारी र जनप्रतिनिधिको टोली गाउँगाउँमा पुगेर वास्तविकता बुझेर मात्र अनुदानस्वरुप कर्कटपाता दिने तयारीमा रहेको नगर प्रमुख थापाले बताए ।

“मूल घरमा खरको छाना भएको हुनुपर्ने र प्राविधिकको नाप नक्साङ्कनअनुसार घरको क्षेत्रफल हेरेर, कर्कटपाता छाउने तयारी गरेपछि एक घरधुरीलाई २५ हजारदेखि ४० हजारसम्मको अनुदानस्वरुप कर्कटपाता उपलब्ध गराउनेछौँ,” उनले भने ।

आर्थिक वर्ष २०७४÷७५ मा खरका छानारहित नगर कार्यक्रमका लागि ५० लाख रकम विनियोजन गरिएको छ । अझै पनि यहाँका नगरवासी आर्थिक अभावले खरका छानामुनि बसेर जीविका चलाउँदै आइरहेका छन् ।

संकलित आवेदनका आधारमा गरिब तथा विपन्न, दलित समुदायलाई कर्कटपाता राख्नका लागि छिटो अनुदान उपलब्ध गराउने नगरपालिकाले जनाएको छ । नगरपालिकाका जनप्रतिनिधिले शुरु गरेको यो कार्यक्रमबाट यहाँका नगरवासी उत्साहित बनेका छन् ।
रासस

प्रकाशित मिति : ३ पुस २०७४, सोमबार ००:००