३ चैत्र २०८१, सोमबार | Mon Mar 17 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

‘एमालेको नजर सत्तामा होइन, चुनावमा’



प्रमुख प्रतिपक्षी दल एमालेका सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले आफ्नो पार्टीको नजर सरकारमा नभई चुनावमा भएको बताएका छन् । बुधवार प्रेस चौतारी नेपालको ३ नं. प्रान्तीय भेलामा एमाले सत्ता हेरफेरमा भन्दा पनि स्थानीय चुनाव हुनुपर्नेमा अडिग रहेको बताए । “स्थानीय चुनावका लागी हाम्रै पार्टीका अध्यक्ष केपी ओली प्रधानमन्त्री हुँदा बजेट विनियोजन भएको थियो,” उनले भने, “त्यो बजेट अहिलेका प्रधानमन्त्री पुष्पकमल दहालजीले नामसारी गरेर खानु भएको छैन होला ! तै पनि मिति तोक्न किन ढिलाई ?”

जनप्रतिनिधी नहुँदा स्थानीय निकायमा जाने विकास बजेट खर्च हुन नसकेको र खर्च भए पनि दुरुपयोग भइरहेको उनले बताए । माओवादी केन्द्रले चुनाव हार्ने भयका कारण पनि स्थानीय चुनावको मिति तोक्न प्रधानमन्त्री हिच्किचाएको उनको आरोप छ । मंगलबार भएको एमाले स्थाई कमिटीको बैठकले पनि स्थानीय चुनाव गर्नुपर्ने निष्कर्ष निकालेको थियो । “सरकारले मिति तोक्ने र आवश्यक बन्दोबस्ति गर्ने हो भने निर्वाचन आयोग चुनाव गर्न सक्षम छ,” उनले भने, “तर चुनावको ढोका बन्द गराउने खेल भइरहेको छ ।” आगामी माघभित्र स्थानीय, प्रान्त र संघको चुनाव गराउनै पर्नेमा जोड दिँदै अहिलेको संसदको म्याद कुनै पनि हालतमा नथप्ने स्पष्ट पारे ।

प्रकाशित मिति : ४ फाल्गुन २०७३, बुधबार ००:००