२० बैशाख २०८३, आइतबार | Sun May 3 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

समानुपातिक मत परिणामः ५२ हजार मतले एमाले अगाडि



१ पुस, काठमाडौँ ।
मंसिर १० र २१ गते पहिलो र दोस्रो चरणमा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक निवाचन प्रणालीतर्फको पछिल्लो मतगणनामा ५२ हजार मतको अन्तरले नेकपा एमालेको अग्रता कायमै छ ।

निर्वाचन आयोग, सूचना प्रणाली व्यवस्थापन शाखाबाट बिहान ७ः३० बजे प्राप्त जानकारी अनुसार एमालेले ३१ लाख १२ हजार ७४७, नेपाली कांग्रेसले ३० लाख ६० हजार ८५०, नेकपा माओवादी केन्द्रले १२ लाख ७३ हजार ७७१ र संघीय समाजवादी फोरमले नेपालले चार लाख ५९ हजार ७१ मत प्राप्त गरेका छन् ।

त्यस्तै राष्ट्रिय जनता पार्टी नेपालले चार लाख ४७ हजार ५२९, विवेकशील साझा पार्टीले दुई लाख ११ हजार ४९३ र राष्ट्रिय प्रजातन्त्र पार्टीले एक लाख ९३ हजार ८७२ मत प्राप्त गरेको आयोगले जनाएको छ । आयोगका अनुसार हाल सुन्सरी र सर्लाहीको मतगणना जारी छ ।
रासस

प्रकाशित मिति : १ पुस २०७४, शनिबार ००:००