२१ कार्तिक २०८३, शनिबार | Sat Nov 7 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

समानुपातिक मत परिणामः भक्तपुरमा एमाले, कपिलवस्तुमा कांग्रेस पहिलो

लेखक स्थानीय खबर २८ मंसिर २०७४, बिहिबार १ मिनेट पढाइ

२८ मंसिर ।
भक्तपुरः प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि भएको समानुपातिक निर्वाचन प्रणालीमा नेकपा एमाले पहिलो बनेको छ । एमालेले ४२ हजार ७७६ मत प्राप्त गरी पहिलो बनेको हो । नेपाल मजदुर किसान पार्टीले ३५ हजार ४९० मत प्राप्त दोस्रो भएको जिल्ला निर्वाचन कार्यालय भक्तपुरले जनाएको छ ।

यसैगरी नेपाली कांग्रेसले २६ हजार ३९१ मत प्राप्त गरी तेस्रो भएको छ भने विवेकशील साझा पार्टीले आठ हजार ९५३, माओवादी केन्द्रले सात हजार ४०५, राप्रपा प्रजातान्त्रिकले तीन हजार २६६ र राप्रपाले तीन हजार १८३ मत प्राप्त गरेको जिल्ला निर्वाचन अधिकारी उमेश राईले जानकारी दिए । भक्तपुरमा समानुपातिकतर्फ ४९ वटा दलले मत प्राप्त गरेका छन् ।

कपिलवस्तुः समानुपातिक निर्वाचन प्रणालीअन्र्तगत प्रतिनिधिसभा सदस्यतर्फ जिल्लामा नेपाली कांग्रेस पहिलो दल बनेको छ । प्रतिनिधिसभा क्षेत्र नं १, २ र ३ मा खसेका कुल मतमध्ये कांग्रेसले नेकपा एमाले भन्दा २९८ मत बढी प्राप्त गरेको छ । समानुपातिकतर्फ जिल्लामा दुई लाख ३० हजार ९२ मत खसेकामा २९ हजार ८९५ मत बदर भएको छ ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार कांग्रेसले ६१ हजार २९२, एमालेले ६० हजार ९९४, राजपा नेपालले २१ हजार ९६७ र संघीय समाजवादी फोरम नेपालले १८ हजार ६६६ मत प्राप्त गरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
रासस

प्रकाशित मिति : २८ मंसिर २०७४, बिहिबार

प्रतिक्रिया ०

यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।

अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि देखिन्छ।