८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

छैटौँ पटक सुनसरी ३ बाट गच्छदार विजयी



२७ मंसिर, इनरुवा ।
छैटौँ पटक सुनसरी क्षेत्र नं ३ मा नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभाका उमेदवार विजयकुमार गच्छदार विजयी भएका छन् ।

आज मध्यान्ह सार्वजनिक मत परिणामअनुसार ३२१ मत अन्तरले निकटतम प्रतिद्वन्द्वी भगवती चौधरीलाई पराजित गर्दै उनी विजयी भएका हुन् । शुरुदेखि विपक्षी उम्मेदवारको अग्रताका बाबजुद पनि नेता गच्छदार अन्ततः झिनो मतअन्तरले विजयी भए ।

सुनसरीबाट निरन्तर आफ्नो जीत यात्रालाई कायम राखेका उनले प्रनिनिधिसभातर्फको यस निर्वाचनमा ३८ हजार ९७२ मत ल्याए भने उनको निकटतम प्रतिद्वन्द्वी चौधरीले ३८ हजार ६५१ मत पाएकी थइन् ।

विसं २०४८ देखि सुनसरीबाट चुनाव लड्दै आएका गच्छदार नेपालको राजनीतिमा सबैभन्दा शक्तीशाली थारू समुदायको नेताका रुपमा चिनिन्छन् । तीनपटक कांग्रेसबाटै जिनेका उनी दुई पटक फोरमबाट र यसपालिको चुनावमा फेरि कांग्रेसबाटै जीत हासिल गरेका हुन् ।

गच्छदारले अघिल्लो निर्वाचनमा पनि झीनो मतान्तरले चौधरीलाई पछाडि पार्दै आफ्नो अविजित यात्रालाई कायम गर्न सफल भएका थिए । जिल्लाको विकासमा महत्वपूर्ण योगदान पु¥याएका गच्छदार जनताले पत्याउने नेताका रुपमा परिचित छन् ।
रासस

प्रकाशित मिति : २७ मंसिर २०७४, बुधबार ००:००