६ बैशाख २०८१, बिहिबार | Thu Apr 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बर्दियामा समानुपातिकतर्फ कांग्रेस, चितवनमा एमाले पहिलो, बर्दियामा १९ हजार ८११ मत बदर



२७ मंसिर, बर्दिया ।
प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको समानुपातिक मतगणना सकिएको छ । समानुपातिकतर्फ बर्दियामा नेपाली कांग्रेसले सबैभन्दी बढी मत प्राप्त गरेर पहिलो बनेको छ ।

दुई लाख ७२ हजार ४७७ कूल मतदातामध्ये एक लाख ९० हजार ८१२ मत खसेको मतगणना हुँदा समानुपातिकतर्फ सबैभन्दा बढी मत ल्याएर काँग्रेस पहिलो बनेको हो । समानुपातिकको प्रतिनिधिसभातर्फ एमालेभन्दा १९ हजार ३६१ मतले कांग्रेस अघि छ । प्रतिनिधिसभातर्फ कांग्रसले ६६ हजार ८९ र प्रदेशसभातर्फ ६० हजार ४५० मत प्राप्त गरी सबैभन्दा बढी मत प्राप्त गरेको हो ।

एमालेले प्रतिनिधिसभातर्फ ४६ हजार ७२८ र प्रदेशसभातर्फ ४४ हजार ११४ मत प्राप्त गरेको छ । त्यस्तै नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभातर्फ ४५ हजार ६९८ र प्रदेशसभातर्फ ४४ हजार ३२८ मत प्राप्त गरेको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधिसभामा तीन हजार ९४९ र प्रदेशसभामा तीन हजार ५६४ तथा विवेकशील साझा पार्टीले प्रतिनिधिसभामा एक हजार ४१२ र प्रदेशसभातर्फ एक हजार २६ मत प्राप्त गरेको छ ।

यसैगरी राष्ट्रिय प्रजातन्त्र प्रजातान्त्रिकले प्रतिनिधिसभातर्फ एक हजार २७७ र प्रदेशसभातर्फ एक हजार २७७, एकल चिन्ह हँसिया ताराले प्रतिनिधिसभातर्फ ९७० र प्रदेशसभातर्फ ८७९ तथा संघीय समाजवादी फोरम, नेपालले प्रतिनिधिसभामा ९०२ र प्रदेशसभातर्फ ९८७, नयाँ शक्ति पार्टी, नेपालले प्रतिनिधिसभामा ७९२ र प्रदेशसभातर्फ ८७०, राजपा पार्टी नेपालले प्रतिनिधिसभामा ७४९ र प्रदेशसभातर्फ ७२९ मत ल्याएका छन् ।

बर्दियामा समानुपातिकको प्रतिनिधिसभातर्फ १९ हजार ८११ मत बदर भएको छ । प्रतिनिधिसभा क्षेत्र नं १ मा ११ हजार ३७७ मत बदर भएको छ । यस्तै प्रदेशसभा १ क मा सात हजार ३९ र प्रदेससभा १ ख मा एक हजार आठ मत बदर भएको मुख्य निर्वाचन अधिकृत कार्यालयका सूचना अधिकारी देवराज भारतीले जानकारी दिए ।

प्रदेशसभा २ क मा ६ हजार ९६२ र प्रदेससभा २ ख मा ६ हजार ५३९ मत बदर भएको मुख्य निर्वाचन अधिकृत कार्यालयका सूचना अधिकारी इन्द्रकुमार कार्कीले बताए ।

चितवनः जिल्लामा भएको समानुपतिकतर्फको मतगणनामा पनि नेकपा एमाले पहिलो स्थानमा रहेको छ । हालसम्म गणना गरिएको ३९ हजार १५६ मतमध्ये एमालेले १३ हजार ९४८ मत प्राप्त गरेको छ भने नेपाली कांग्रेसले १२ हजार ७८४ मत प्राप्त गरेको छ ।

यस्तै नेकपा माओवादी केन्द्रले सात हजार २७३ मत प्राप्त गरेको छ । विवेकशील साझा पार्टीले एक हजार १९३ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यस्तै प्रदेशसभातर्फ भने नेपाली कांग्रेस पहिलो स्थानमा रहेको छ । कांग्रेसले १३ हजार १९० मत प्राप्त गरेको छ भने एमालेले ११ हजार ९४२ मत प्राप्त गरेको छ ।

यता माओवादी केन्द्रले भने सात हजार ५४८ मत प्राप्त गरेको छ । विवेकशील साझा पार्टीले एक हजार १९८ मत प्राप्त गरेको छ । जिल्लाका तीन क्षेत्र र ६ प्रदेशमा सबै वाम गठबन्धनका उम्मेदवारले प्रत्यक्षमा विजयी भएका थिए ।
रासस

प्रकाशित मिति : २७ मंसिर २०७४, बुधबार ००:००