८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुनसरी ३ मा गच्छदार अगाडि



२७ मंसिर, इनरुवा ।
सुनसरी क्षेत्र नं ३ को मतगणनामा नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार विजयकुमार गच्छदार अगाडि भएका छन् । मतगणना शुरु भएदेखि पछाडि रहँदै आएका गच्छदार आज अगाडि भएका हुन् । आज बिहान ६ बजे सार्वजनिक भएको पछिल्लो मत परिणामअनुसार गच्छदार ५१९ मतले अगाडि छन् ।

पछिल्लो मत परिणामअनुसार कांग्रेसका उम्मेदवार गच्छदारले ३६ हजार ८० मत प्राप्त गरेका छन् भने उनको निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी भगवती चौधरीले ३५ हजार ५६१ मत प्राप्त गरेकी छन् ।

सो क्षेत्रमा ८५ हजार १९७ मत खसेकोमा ७८ हजार ३९१ मत गणना भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय, सुनसरीले जनाएको छ । अब त्यो क्षेत्रमा जम्मा छ हजार ८०६ मत गणना गर्न बाँकी रहेको छ ।
रासस

प्रकाशित मिति : २७ मंसिर २०७४, बुधबार ००:००