७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कञ्चनपुर ३ मा डा भट्ट, प्रदेशसभा ‘क’ मा रावल र ‘ख’ मा सुनार विजयी



२६ मंसिर, कञ्चनपुर ।
कञ्चनपुरको निर्वाचन क्षेत्र नं ३ प्रतिनिधिसभा सदस्य पदमा वाम गठबन्धनतर्फबाट नेकपा एमालेका उम्मेदवार डा दीपकप्रकाश भट्ट २६ हजार ३६४ मत प्राप्त गरी विजयी भएका छन् ।

उनका निकतटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रमेश लेखकले २६ हजार १०६ मत ल्याएका छन् । डा भट्टले लेखकलाई १२६ को झिनो मतअन्तरले पराजित गरेका हुन् ।

यसैगरी निर्वाचन क्षेत्र नं ३ ‘क’ प्रदेशसभा सदस्यमा वाम गठबन्धनबाट एमालेका प्रकाश रावल १२ हजार ८१७ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका यज्ञराज जोशीले १२ हजार ७५४ मत प्राप्त गरे ।

सोही निर्वाचन क्षेत्रको ‘ख’ प्रदेशसभाका वाम गठबन्धनतर्फबाट माओवादी केन्द्रका उम्मेदवार मानबहादुर सुनारले १३ हजार ७०० मत प्राप्त गरी विजयी भए भने उनका निकतटम प्रतिद्वन्द्वी कांग्रेसका बेलबहादुर राना मगरले १३ हजार ५४९ मत प्राप्त गरे ।
रासस

प्रकाशित मिति : २६ मंसिर २०७४, मंगलबार ००:००