१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सिरहा १ मा कांग्रेसका गिरि विजयी



२५ मंसिर, सिरहा ।
सिरहा क्षेत्र नं १ प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका प्रदीप गिरि विजयी भएका छन् । गिरि २३ हजार ९५१ मत प्राप्त गरी विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका गंगाप्रसाद यादवले २१ हजार ३७१ मत प्राप्त गरे ।

यस्तै, क्षेत्र नं १ प्रदेश ‘ख’ मा नेकपा एमालेका अशोक यादव विजयी भएका छन् । उनले ११ हजार ११० मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी फोरम नेपालका राजु गुप्ताले १० हजार ६०८ मत प्राप्त गरे ।

यसैगरी, क्षेत्र नं २ प्रदेश ‘ख’ मा नेकपा एमालेका मदनसेन प्रसाद श्रीवास्तवले ११ हजार ६९६ मत प्राप्त गरी विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका तपेश्वरी महतो कोइरीले सात हजार ३६ मत प्राप्त गरिन् ।
रासस

प्रकाशित मिति : २५ मंसिर २०७४, सोमबार ००:००