६ श्रावण २०८१, आइतबार | Sun Jul 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चितवन क्षेत्र नम्बर १ बाट पूर्व अर्थमन्त्री पाण्डे विजयी



२५ मंसिर, चितवन ।
जिल्लामा जारी मतगणनाको आज बिहान जारी अन्तिम परिणामअनुसार प्रतिनिधिसभातर्फ क्षेत्र नं १ मा नेकपा एमालेका सुरेन्द्र पाण्डे विजयी भएका छन् । पाण्डेले ५१ हजार ८० मत प्राप्त गरे भने भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका राजेन्द्र बुर्लाकोटीले ३५ हजार ३६० मत प्राप्त गरेका छन् । पाण्डेले १५ हजार ७२० मतान्तरले बुर्लाकोटीलाई पराजित गरेका हुन् । सो क्षेत्रमा ८९ हजार ७४६ मत खसेको थियो ।

यस्तै चितवन क्षेत्र नम्बर ३ को प्रदेशसभामा दुवै क्षेत्रमा वाम गठबन्धनका उम्मेदवार विजयी भएका छन् । चितवन क्षेत्र न ३ प्रदेशसभा क मा एमालेका तर्फबाट उम्मेदवार रहेका कृष्ण भूर्तेल दुई हजार ४६ मत अन्तरले विजयी भए । उनले २३ हजार ४११ मत प्राप्त गर्दा उनका निकतटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका दिनेश कोइराला २१ हजार ३६५ मत प्राप्त गरेका थिए ।

यस्तै प्रदेशसभा ख मा माओवादी केन्द्रका रामलाल महतो विजयी भएका छन् । उनले आफ्ना निकटतम प्रतिद्वन्द्वीलाई नौ हजार ११६ मतले पराजित गरे । महतोले २५ हजार ६१ मत प्राप्त गरे भने नेपाली कांग्रेसका उम्मेदवार साजककुमार महतोले १५ हजार ९४ मत प्राप्त गरे ।

मतअन्तर बढाउँदै दाहाल

चितवन क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मतअन्तर बढाउँदै लगेका छन् । उनले अहिलेसम्म गणना भएको ६८ हजार ५९२ मतमध्ये ३६ हजार ५७७ प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी राप्रपा प्रजातान्त्रिकका विक्रम पाण्डेले २७ हजार १११ मत प्राप्त गरेका छन् ।
रासस

प्रकाशित मिति : २५ मंसिर २०७४, सोमबार ००:००