८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुनसरी ४ मा कांग्रेसका कार्की, १ मा बाम गठबन्काधनका रार्इ विजयी



२५ मंसिर, इनरुवा ।
प्रतिनिधिसभा सदस्यको सुनसरी क्षेत्र नं ४ मा लोकतान्त्रिक गठबन्धनका तर्फबाट उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्की विजयी भएका छन् । आज बिहान सार्वजनिक भएको मतपरिणामअनुसार उनले वाम गठबन्धनका तर्फबाट उम्मेदवार रमेश श्रेष्ठलाई छ हजार ५९७ मतको अन्तरले पराजित गर्दै विजयी भएका हुन् । अर्थमन्त्रीसमेत रहेका कार्कीले ३२ हजार ३४७ मत पाए भने श्रेष्ठले २५ हजार ७५० मत पाएका छन् ।

सुनसरी क्षेत्र नं १ मा एमालेका राई विजयी

त्यसैगरी प्रतिनिधिसभा सदस्यको सुनसरी क्षेत्र नं १ मा वाम गठबन्धनका उम्मेदवार जयकुमार राई विजयी भएका छन् । आइतबार राति १० बजे सार्वजनिक भएको मतपरिणाम अनुसार उनले लोकतान्त्रिक गठबन्धनका तर्फबाट उमेदवार भएका संघीय समाजवादी फोरमका वरिष्ठ नेता अशोककुमार राईलाई २२ हजार ४०५ मतले पराजित गर्दै विजयी भएका हुन् । एमालेका उम्मेदवार जयकुमारले ४४ हजार ५२८ मत पाए भने अशोक राईले २२ हजार १२३ मत पाएका छन् ।

सुनसरी २ क मा वामका लिम्बू विजयी

सुनसरी क्षेत्र २ क मा वाम गठबन्धनका तर्फबाट प्रदेशसभाका उमेदवार सर्वध्वज सावाँ लिम्बू विजयी भएका छन् । आज बिहान सार्वजनिक भएको मतपरिणामअनुसार उनले २४ हजार ६७४ मत ल्याई विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका हेमकर्ण पौडेलले १९ हजार २४५ मत प्राप्त गरे ।

सुनसरी १ ख मा वामका आचार्य विजयी

सुनसरी प्रदेशसभा क्षेत्र १ ख मा वाम गठबन्धनका तर्फबाट उम्मेदवार भीम आचार्य विजयी भएका छन् । आज बिहान सार्वजनिक भएको मतपरिणाम अनुसार उनले २० हजार २११ मत ल्याई विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका बुद्धि कटुवालले १२ हजार ९६४ मत प्राप्त गरे ।

सुनसरी ३ क मा वामका बस्नेत विजयी

यसैगरी सुनसरी क्षेत्र ३ क मा वाम गठबन्धनका तर्फबाट प्रदेशसभाका उमेदवार लिलम बस्नेत विजयी भएका छन् । उनले १९ हजार ६६५ मत ल्याई विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका कुमारजंग थापाले १७ हजार ६८१ मत प्राप्त गरे ।
रासस

प्रकाशित मिति : २५ मंसिर २०७४, सोमबार ००:००