१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

उदयपुर १ बाट कांग्रेसका डा खड्का विजयी



२५ मंसिर, उदयपुर ।
उदयपुर जिल्लाको निर्वाचन क्षेत्र नं १ मा प्रतिनिधिसभाको सदस्यका लागि नेपाली कांग्रेसका उम्मेदवार डा नारायण खड्काले ३३ हजार १४२ मत प्राप्त गरी विजयी भएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी वाम गठबन्धनका मञ्जुकुमारी चौधरीले ३२ हजार ५९४ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले बताएको छ । कांग्रेसका डा खड्काले मञ्जुकुमारीलाई ५४८ मतको अन्तरमा पराजित गरेका हुन् ।

खड्काले २०६४ सालदेखि हालसम्म निरन्तर तीन पटक उदयपुरको क्षेत्र नं १ बाट विजय हासिल गर्दै यो पटक हाट्रिक नै गरेका छन् ।

अहिलेसम्मको मत परिणाम हेर्दा क्षेत्र नं २ मा वाम गठबन्धनको कब्जामा गएको छ भने क्षेत्र नं १ मा प्रदेशसभा ख र प्रतिनिधिसभामा कांग्रेसले विजय हासिल गरेको छ भने क्षेत्र नं १ कै क प्रदेशसभामा वाम गठबन्धन विजयी भएको छ ।
रासस

प्रकाशित मिति : २५ मंसिर २०७४, सोमबार ००:००