१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

महोत्तरीको क्षेत्र नं १ मा नेता पोखरेल विजयी



२५ मंसिर, महोत्तरी ।
महोत्तरी क्षेत्र नं १ बाट नेकपा माओवादी केन्द्रका गिरिराजमणि पोखरेल प्रतिनिधिसभामा विजयी भएका छन् । उनी २३ हजार ७७६ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरम नेपालकी लक्ष्मी महतोले १९ हजार ४९२ मत प्राप्त गरे ।

यसअघि २०६४ र २०७० सालको संविधानसभा चुनावमा पनि पोखरेल महोत्तरीबाटै निर्वाचित भएका थिए । पोखरेल गणतन्त्र स्थापना भएपछि बनेको एकीकृत नेकपा माओवादी नेतृत्वको संयुक्त सरकारमा स्वास्थ्यमन्त्री थिए ।

उनी २०७२ सालमा शिक्षामन्त्री र २०७४ सालको जेठमा स्वास्थ्यमन्त्री भए । त्यस्तै महोत्तरी क्षेत्र नं १ को क मा शारदादेवी थापा र ख मा भरत साह निर्वाचित भएका छन् ।
रासस

प्रकाशित मिति : २५ मंसिर २०७४, सोमबार ००:००