४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

धनुषा ४ मा एमालेका महासेठ, बारा १ मा कांग्रेसका चौधरी विजयी



२५ मंसिर ।
जनकपुरधामः प्रतिनिधिसभा सदस्य धनुषा निर्वाचन क्षेत्र नं ४ बाट नेकपा एमालेका रघुवीर महासेठ विजयी भएका छन् । मुख्य निर्वाचन अधिकृत कार्यालयका अनुसार उनी २२ हजार ५३२ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरम नेपालका महाजन यादवले १९ हजार ६६२ मत प्राप्त गरेका छन् ।

बाराः बारा निर्वाचन क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्य पदमा नेपाली कांग्रेसका उमाकान्त चौधरीले २४ हजार ४५० मत ल्याइ विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका अच्युत मैनालीले २२ हजार ३० मत ल्याए ।

त्यसैगरी निर्वाचन क्षेत्र नं ४ को ख प्रदेशसभा सदस्य पदमा राजपा नेपालका दीपेन्द्र सोनल १३ हजार ११८ मत ल्याइ विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका उमेश कुसुवाहाले पाँच हजार ८९७ मत ल्याएको मुख्य निर्वाचन अधिकृत प्रकाश खरेलले जानकारी दिए ।
रासस

प्रकाशित मिति : २५ मंसिर २०७४, सोमबार ००:००