Logo

कञ्चनपुर १ मा बिना मगर भारी मतले निर्वाचित



२५ मंसिर, भीमदत्तनगर ।
कञ्चनपुरको निर्वाचन क्षेत्र नं १ को प्रतिनिधिसभामा सदस्यमा वाम गठबन्धनबाट उम्मेदवार रहेकी माओवादी केन्द्रकी नेत्री बिना मगर भारी मतअन्तरले निर्वाचित भएकी छन् ।

उनले प्रतिद्वन्द्वी नेपाली कांग्रेसका दिवानसिंह विष्टलाई १९ हजार २४८ मतअन्तरले पराजित गरेको निर्वाचन क्षेत्र नं १ का निर्वाचन अधिकृत गुणराज श्रेष्ठले जानकारी दिए । उनले दिएको जानकारीअनुसार निर्वाचित बिनाले ३८ हजार ४६७ र नेपाली कांग्रेसका उम्मेदवार दिवानसिंह विष्टले १९ हजार २१९ मत प्राप्त गरेका छन् ।

यसअघि आइतबार उक्त क्षेत्रको प्रदेशसभा ‘क’ मा नेकपा एमाले का अध्यक्ष तारालामा तामाङ प्रदेशसभा सदस्यमा विजयी भएकी थिइन् । २०७० सालको संविधानसभाको निर्वाचनमा मगर कांग्रेसकी विष्टसंग पराजित भएकी थिइन् ।
रासस

प्रतिक्रिया दिनुहोस्