७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

संखुवासभामा वाम गठबन्धनको अग्रता



२४ मंसिर, संखुवासभा ।
जिल्लामा एक प्रतिनिधिसभा तथा दुई प्रदेशसभा निर्वाचन क्षेत्रमा वाम गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन् ।

अहिलेसम्मको मत गणना अनुसार प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनका तर्फबाट नेकपा एमाले का उम्मेदवार राजेन्द्रप्रसाद गौतमले १८ हजार ४९६ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका दीपक खड्काले १७ हजार ५७० मत प्राप्त गरेका छन् ।

यस्तै, प्रदेश ‘क’ मा माओवादी केन्द्रका पूर्णप्रसाद राईले ११ हजार ८१० मत प्राप्त गरेका छन् भने कांग्रेसका टंकप्रसाद राईले १० हजार ७२५ मत पाएका छन् ।

यसैगरी, प्रदेश ‘ख’ मा एमालेका तुलसीप्रसाद न्यौपाने आठ हजार ६५२ मतसहित अग्रता लिएका छन् भने कांग्रेसका दीपक लिम्बुले आठ हजार ५०९ मत प्राप्त गरेका छन् ।
रासस

प्रकाशित मिति : २४ मंसिर २०७४, आइतबार ००:००