१५ चैत्र २०८०, बिहिबार | Fri Mar 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काठमाडौँ ५ मा महासचिव पोखरेल विजयी



२४ मंसिर, काठमाडौँ ।
काठमाडौँ निर्वाचन क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनका उम्मेदवार एवं नेकपा एमालेका महासचिव ईश्वर पोखरेल निर्वाचित भएका छन् ।

निर्वाचन आयोगले दिएको जानकारीअनुसार पोखरेलले २३ हजार २९ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक गठबन्धनका डा प्रकाशशरण महतले १३ हजार १६९ मत प्राप्त गरे ।

विवेकशील साझा पार्टीका उम्मेदवार उज्ज्वल थापाले छ हजार ८१३ मत प्राप्त गरे । त्यस क्षेत्रमा ४५ हजार ९१२ मत खसेको थियो ।
रासस

प्रकाशित मिति : २४ मंसिर २०७४, आइतबार ००:००