१४ चैत्र २०८०, बुधबार | Wed Mar 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चितवन ३मा दाहालको अग्रता कायमै



२४ मंसिर, चितवन ।
चितवन क्षेत्र नं ३ मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको अग्रता कायमै रहेको छ । आज बिहानसम्म २५ हजार ६८३ मत गणना गर्दा दाहालले १४ हजार ५८९ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्द्वी विक्रम पाण्डेले १० हजार २४० मत प्राप्त गरेका छन् । सो क्षेत्रमा एक लाख २५ हजार ८१८ मतदाता रहेकामा ९३ हजार ८२६ मत खसेको छ ।

यसैगरी क्षेत्र नं २ मा नेकपा एमालेका कृष्णभक्त पोखरेलले १४ हजार ४४७ मत र नेपाली कांग्रेसका शेषनाथ अधिकारीले आठ हजार ९९२ मत प्राप्त गरेका छन् । क्षेत्र नं २ मा १ लाख आठ हजार २१९ मतदाता रहेकामा ७७ हजार ४७६ मत खसेको छ ।

क्षेत्र नं १ मा नेकपा एमालेका सुरेन्द्र पाण्डेले ११ हजार १९५ र नेपाली कांग्रेसका राजेन्द्र बुर्लाकोटीले सात हजार ८८८ मत प्राप्त गरेका छन् । यस क्षेत्रमा एक लाख २५ हजार ८२३ मतदाता रहेकामा ९३ हजार ८२६ मत खसेको थियो ।
रासस

प्रकाशित मिति : २४ मंसिर २०७४, आइतबार ००:००